• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

एमाले सचिवालयको बैठक आज हुने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको हो।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटसम्बन्धी विषयहरू र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जानकारी उनले दिए।