• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादी दबाब बढेपछि प्रचण्डको नेतृत्वमा पदाधिकारी बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्।

पार्टीका सचिव दीनानाथ शर्माका अनुसार बैठक आज अपराह्न ४ बजे खुमलटारस्थित प्रचण्डको निजी निवासमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थगित तराई–मधेस जागरण अभियान पुनः सञ्चालनलगायत विषयमा छलफल हुने बताइएको छ।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको दाबी गर्दै राष्ट्र र जनताको भविष्यका लागि आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरू पुनः सडकमा सक्रिय देखिएका छन्।