• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रविलाई भेटेर त्रिपाठीको प्रतिक्रिया- मनोबल उच्च, न्यायको पर्खाइमा

काठमाडौं। मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन्।

उनी रविलाई भेट्न शनिबार भैरहवा कारागार पुगेका थिए।भेटपछिको प्रतिक्रिया स्वरूप त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछाने प्रतिशोधको शिकार बनेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ।

खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षणमा अनुसन्धानबाहिर छन्। रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता सक्रिय देखिन्छ। भाइ देर है, अन्धेर नहीं – चेतना भया।”त्रिपाठीको स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले उनलाई धन्यवाद दिएका छन्।