• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रिय सभामा दलित समुदायका अधिकारमाथि छलफल जारी

काठमाडौं। आइतबार राष्ट्रिय सभामा दलित समुदायको अधिकारसम्बन्धी विषयमा छलफल हुने भएको छ।

दिउँसो १२:१५ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

त्यसैगरी, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।