• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेताहरू अनुपस्थित, संसदीय दलको बैठक स्थगित

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक नेताहरू उपत्यका बाहिर रहेका कारण स्थगित गरिएको पार्टी नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार बैठक सरकारको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा बनाउन आह्वान गरिएको थियो। अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको छ।