• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मधेस प्रदेशमा जानकी नवमी र कविर जयन्तीमा सार्वजनिक विदा

काठमाडौँ ।मधेस प्रदेश सरकारले जानकी नवमी (सीता जयन्ती) र कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै वैशाख २३ गते मङ्गलबार जानकी नवमी र जेठ २८ गते कविर दास जयन्तीमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।