• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदैछ।

यसका लागि समितिको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक तथा व्यावहारिक पक्षमा छलफल हुने कार्यसूची छ।विधेयकमाथि सहमति जुटाउन समिति अन्तर्गत ११ सदस्यीय उपसमिति गठन गरिएको थियो।

उपसमितिको संयोजकता सांसद छविलाल विश्वकर्माले गरेका छन्।उपसमितिमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, विनिता कुमारी सिंह र बिना जैसवाल सदस्य छन्। उपसमितिको कार्यप्रगतिसम्बन्धी प्रतिवेदनमाथि आज मूल समितिमा छलफल हुने छ।