• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति फेरि सक्रिय, आजै आन्दोलन घोषणा गरिँदै

काठमाडौं । केही समयदेखि सेलाएको राजावादी आन्दोलन फेरि चुलिने संकेत देखिएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आजबाट निर्णायक आन्दोलन सुरु गर्ने तयारी गरेको छ। समितिका संयोजक नवराज सुवेदीले आन्दोलन कार्यक्रम तय गर्न दिउँसो १ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक डाकेका छन्।

गत चैत १५ को तीनकुने आन्दोलनपछि सुवेदी अघोषित नजरबन्दमा परेका थिए भने डा. रवीन्द्र मिश्र पक्राउ परेका थिए। सुवेदी गत साता नजरबन्दमुक्त भई पुनः सक्रिय भएका छन्। मिश्र भने अझै हिरासतमै छन् र उनको म्याद हिजो छैटौं पटक थपिएको छ।

बैठकमा कार्यवाहक संयोजक डा. जगमान गुरुङ पनि सहभागी हुनेछन्। समितिका प्रवक्ता स्वागत नेपालले आजै निर्णायक आन्दोलनको घोषणा हुने जानकारी दिएका छन्।