प्रधानमन्त्रीकी पत्नीले भनिन्: केपी सरको ज्ञानको सामु मेरा दुईवटा डिग्री केही पनि होइन

काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीकाे ज्ञानकाे सामु आफ्नाे दुईवटा डिग्री केही नभएकाे बताएकी छन् ।

शनिबार काभ्रेको धुलिखेलमा आफ्नो आत्मकथा ‘करुणा’ को विमर्श कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिको बारेमा उनले असन्तुष्टि प्रकट गरेकी हुन् । आफूहरूले कुनै गलत काम नगरेकाले गालीगलौजको कुनै असर नपर्ने उनकाे भनाइ छ ।

राधिका शाक्यले केपी ओलीलाई गिज्याउन र गाली गर्न पाएकोमा खुशी हुनेहरूको भविष्य अन्धकार हुने चेतावनी दिइन्।

उनले भनिन्, “केपी ओलीलाई गिज्याउन र गाली गर्न पाउँदा खुशी हुनेहरूका लागि अन्ततः भविष्य अन्धकार हुनेछ, र उनीहरूले आफ्नो खुट्टामा बन्चरो हान्ने काम गर्दैछन् भन्ने मेरो विश्लेषण छ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१