काठमाडौं। सरकारको नेतृत्वमा रहेको नेकपा एमालेका सांसद सूर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न राप्रपालाई आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भने, “छिपछिपे सहकारीको बचत दुरुपयोग प्रकरणमा संलग्न सांसद गीता बस्नेत अहिले कहाँ छन्? उहाँलाई कानुनी प्रक्रियामा ल्याउन पार्टीले सहयोग गर्नुपर्छ।”राप्रपाकी सांसद गीता बस्नेत १ वर्षदेखि फरार छिन् ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।