• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रचण्डको टिप्पणी : ‘दुई तिहाइ अहंकारको बेलुन फुटिसक्यो’

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको दुईतिहाइको ‘बेलुन’ अब फुटिसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमा सुधारको संकेत देखिन नदिएको आरोप लगाए। राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समेत असमर्थ रहेको भन्दै सरकारप्रति असन्तुष्टि जनाउँदै उनले हरेक नियुक्तिमा बिचौलिया समूहको प्रभाव देखिएको जिकिर गरे।उनले भने, ‘जे भनेर सात बुँदे सहमति गर्नुभएको थियो । त्योतर्फ कसैको ध्यान गएको देखिँदैन ।

संविधान संशोधनको कुरा त धेरै परको कुरा । मैले सरकार आफ्नै बोझले ढल्छ भनेको थिएँ त्यतिबेलै । प्राविधिकरूपले सरकार ढलेको छैन । तर, जनताको मनमा सरकार छैन, ढलिसकेको छ । मेरो चिन्ता हिजो पनि थियो, आज पनि छ । तपाईंहरूको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार भइरहेको छ ।’प्रचण्डको आरोप लोकतन्त्रलाई बाह्य होइन, सरकारमै रहेका व्यक्तिहरूबाट खतरा उत्पन्न भएको छ।