• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

योगेश भट्टराईको प्रश्न-कुलमानलाई हटाउँदा प्रचण्ड यति विचलित किन भए?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध माओवादी केन्द्रले व्यक्त गरेको विरोधप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई हटाउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न गरेका हुन् ।साथै उनले तत्कालिन प्रचण्ड नेतृत्व सरकारले प्रधान सेनापति नै हटाएको घटना पनि स्मरण गराए ।

सरकारले मन्त्रीको सिफारिसमा सहसचिव सरहको एक कर्मचारीलाई काममा तालमेल नमिलेकै कारण हटायो भने तपाईंले त प्रधान सेनापति नै हटाउनुभएको थियो, अब सोच्नुस् त – त्यो निर्णय कसरी गर्नुभयो ? सरकारको सामान्य प्रशासनिक कदममा तपाईंलाई यस्तो गहिरो पीडा किन लाग्यो ?” उनले भने।