वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ। मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए र पछिल्ला वर्षहरूमा सक्रिय राजनीतिबाट टाढा रहेका थिए। केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका नेपाललाई सोमबारदेखि आइसीयूमा राखेर उपचार गरिएको थियो।

नेपाल पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्यसमेत थिए। पार्टी र सरकारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल वामपन्थी आन्दोलनका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्थे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१