• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सांसदको प्रश्न: भारत–पाकिस्तान तनावमा नेपाल किन मौन?

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपाल सरकारको आधिकारिक धारणा स्पष्ट पार्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दाहालले यति संवेदनशील विषयमा सरकारले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएकोप्रति असन्तुष्टि जनाए। उनले भने, “भारत–पाकिस्तानबीच उत्पन्न विवादको सन्दर्भमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्छ।”

दाहालले नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि भारतको आक्रमण र पाकिस्तानको कडा चेतावनीबीच मौन रहनु उपयुक्त नहुने बताए।