• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रामहरि खतिवडाले सदनमा भने- आतंकवादविरुद्धको लडाइँमा हामीले भारतको पक्षमा उभिनुपर्छ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाकिस्तानबाट हुने आतंकवादविरुद्ध भारतले थालेको अभियानमा नेपालले समर्थन जनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको संघर्षमा जुनसुकै देशसँग सहकार्य गर्नुपर्ने धारणा राखे। खतिवडाले भने, “भारतले पाकिस्तानको आतंकवादविरुद्ध चालेको कदमले नेपाल पनि जोखिममा पर्न सक्छ, त्यसैले सरकार सतर्क रहोस्। हामीले आतंकवादविरुद्धको लडाइँमा हरेक देशलाई साथ दिनुपर्छ।”

साथै, उनले धितो बोर्डका अध्यक्षमाथि उठेको कमिसन सम्बन्धी आरोपको छानबिन गर्नुपर्ने र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरे।