• २०८३ असार ८
  • 2026 June 22, Monday

राजसंस्था र लोकतन्त्र एकसाथ सम्भव छन् : अध्यक्ष लिङ्देन

काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापना र संघीयताको खारेजीका लागि सुरु हुने आन्दोलनमा वैशाख २५ लाई निर्णायक दिनका रूपमा उल्लेख गरेका छन्।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरी राजासहितको प्रजातन्त्रको पक्षमा ध्रुवीकरण आवश्यक भएको बताए।

“अब राष्ट्रवादी शक्तिहरू एक ढिक्का हुनुपर्छ,” लिङ्देनले भने, “यो आन्दोलन देशको अस्तित्व र अस्मिताका लागि हो, जनतालाई सडकमा ल्याउने हाम्रो अभियान सफल हुन्छ।”उनले चेतावनी दिँदै भने, “आन्दोलन सफल नभएसम्म रोकिन्न, सरकारको हातमा अब विकल्प छ-  दमनको बाटो रोज्ने कि समझदारीको।”

राजसंस्थाको माग गर्नु लोकतन्त्रको विरोध नभएको जिकिर गर्दै उनले उन्नत मुलुकहरूमा पनि संवैधानिक राजतन्त्र रहेको उदाहरण प्रस्तुत गरे। साथै, अबदेखि राप्रपाका सबै गतिविधि जनआन्दोलनको हिस्सा हुने उनले घोषणा गरे।