
काठमाडौं । श्रीलंकामा आइतबार बिहान भएको बस दुर्घटनामा २१ जनाको ज्यान गएको छ भने १४ जना गम्भीर घाइते भएका छन्।
करीब ७० जना तीर्थयात्री बोकेको बस कातारागामाबाट कोटमाले हुँदै कुरुनेगाला जाँदै गर्दा पहाडी सडकबाट भीरमा खस्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै १५ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा अस्पतालमा थप ६ जनाले ज्यान गुमाए। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
श्रीलंकामा बर्सेनि झण्डै ३,००० सवारी दुर्घटनाहरू हुने गरेका छन्, र यहाँका सडकहरू संसारकै खतरनाक सडकहरूमध्ये गनिन्छन्।यसअघि, सन् २००५ को अप्रिलमा पोल्गाहावेला नजिक रेलमार्ग पार गर्ने क्रममा रेलको ठक्करबाट बसमा रहेका ३७ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२१ को मार्चमा पासारा भन्ने स्थानमा भएको अर्को बस दुर्घटनामा १३ यात्रु र चालकको ज्यान गएको थियो।अधिकारीहरूले आइतबारको दुर्घटनालाई पछिल्लो समयमा भएको एक अत्यन्तै गम्भीर दुर्घटना भनेका छन्।