• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

डाइभर्सन बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग अझै खुलेन

काठमाडौ । अविरल वर्षाका कारण बीपी राजमार्गको माम्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ, र अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार सोमबार रातिदेखि नै सडक सुचारु गर्न प्रयास भइरहेको छ। प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएअनुसार रोशी गाउँपालिका–९ स्थित माम्तीमा बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो।

बाढीले मंगलटारको बोक्सीकुनास्थित डाइभर्सन बगाएको स्थानमा हाल एकतर्फी रुपमा मात्र यातायात सञ्चालनमा आएको छ। घटनास्थलमा फसेका १७ यात्रुको प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।

यसैबीच, पूर्वबाट आउने सवारी साधनलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ भने काठमाडौंबाट पूर्वतर्फ गइरहेका गाडीलाई भकुण्डेबेसीमा थुनिएको छ।