त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्मानमा गिरावट नगर्न आग्रह

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानको अभाव रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विमानस्थलको चेकिङ क्षेत्र अत्यन्तै अस्तव्यस्त रहेको र यात्रुहरूलाई उचित मार्गदर्शन नहुँदा अलमल पर्ने अवस्था रहेको बताएका हुन्। उनले भने, “हाम्रो देशको एकमात्र सक्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, जबकि पोखरा र भैरहवा विमानस्थलहरू भने सञ्चालनमा आएका छैनन्।

काठमाडौं विमानस्थलमा नागरिकहरूको गुनासो आएपछि म आफैं त्यहाँ गएको थिएँ। विमानस्थलको अवस्था निकै अस्तव्यस्त छ। ठाउँको अभाव र चेकिङ क्षेत्रको अनियमितताका कारण यात्रुहरू कता जाने भनेर अलमलमा परिरहन्छन्।

“सांसद सिंहले थपे, “लगेज लिनका लागि पनि यात्रुहरूलाई घन्टौं पर्खनुपर्ने हुन्छ र कहिलेकाहीं त लगेजको ताल्चा पनि फुटाइन्छ। यसरी एक अन्तर्राष्ट्रिय विमानस्थलको यस्तो अवस्था हुनु उचित होइन। यसलाई हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठामा नोक्सान पुर्याउने कार्य नगर्न आग्रह गर्दछु।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१