• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सांसद गीता गुरुङको राजीनामा सभामुखले अस्वीकृत गरे

  • २०८२ जेठ २, शुक्रबार १३:४३

काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पेश गरेको राजीनामा अस्वीकृत भएको छ। सभामुख तुलाराम घर्ती मगरले राजीनामा पत्रमा विधिसम्मत रूपमा स्पष्ट विवरण नदेखिएको भन्दै सनाखत गर्न स्वयं उपस्थित हुन निर्देशन दिएका हुन्।

सभामुख घर्तीका अनुसार गुरुङले पठाएको हस्तलिखित पत्रमा राजीनामा कुन पदबाट दिएको हो भन्ने प्रस्ट छैन, सभामुखको नाम लेख्ने शैलीमा त्रुटि छ, पत्रमा गरिएको हस्ताक्षर सचिवालयमा रहेको हस्ताक्षरसँग मेल खाँदैन, साथै नामको हिज्जे समेत फरक देखिएको छ।

दुई महिनादेखि बेलायतमा बस्दै आएकी गुरुङको राजीनामा पत्र मंगलबार सार्वजनिक भएको थियो। तर उक्त पत्रको प्रामाणिकताबारे अन्योल कायम छ।

यसैबीच, गुरुङका श्रीमान् कैलाश गुरुङ हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्, जसले राजनीतिक पृष्ठभूमिमा थप चासो उत्पन्न गराएको छ।

  • २०८२ जेठ २, शुक्रबार १३:४३