सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँमा रहेको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१