• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राप्रपा सांसद शाहीको आरोप : विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु लापरवाहीजन्य राज्यीय हत्या हो

  • २०८२ जेठ ४, आइतबार १२:२१

 काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण धुलिखेलमा मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै कडा आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाउनु दुर्घटना नभई लापरवाहीजन्य हत्या भएको दाबी गरे। उनले यस घटनालाई ज्यान मार्ने उद्योगको रूपमा व्याख्या गर्दै दोषीविरुद्ध कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

धुलिखेल नगरपालिका–७ मा रहेको जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत खम्बामा काम गर्दै गर्दा सर्लाही ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश परियारको करेन्ट लागेर मृत्यु भएको थियो। उक्त खम्बामा नेपाल विद्युत प्राधिकरणअन्तर्गत काभ्रेपलाञ्चोक वितरण केन्द्रमार्फत काम भइरहेको थियो।

सांसद शाहीले फरक विचार राखेकै आधारमा सरकारद्वारा व्यक्ति पक्राउ गरिनु लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै सरकारको आलोचना समेत गरे।

  • २०८२ जेठ ४, आइतबार १२:२१