नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

काठमाडौं।  नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ थियो। यो वृद्धिसँगै सुनको मूल्य पुनः उच्च बिन्दतर्फ उक्लिएको देखिन्छ।

यसैबीच, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आइतबार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१