• २०८३ असार ८
  • 2026 June 22, Monday

सांसद छिरिङ डम्डुल लामाद्वारा हुम्लाको तिलगाउँका पहिरोपीडितको तत्काल उद्धारको माग

  • २०८२ जेठ ५, सोमबार १२:०३

काठमाडौं।  प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पहिरोपीडितको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण १८ परिवारका ३२ जना स्थानीय त्रिपालमा बस्न बाध्य भएको भन्दै ती व्यक्तिहरू गम्भीर संकटमा रहेको जानकारी दिए।

“पहिरोपीडितहरू अत्यन्तै अप्ठ्यारो र त्रसित अवस्थामा छन्,” उनले भने, “सरकारले तत्काल उद्धार, राहत र निरीक्षणका लागि आवश्यक कदम चाल्नुपर्छ।”

जेठ १ र २ गते राति गएको पहिरोपछि प्रभावित परिवारहरू नजिकैको बारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन्। सांसद लामाले हिमाली क्षेत्रका बस्तीहरू दैवी प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन व्यवस्थापनतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

  • २०८२ जेठ ५, सोमबार १२:०३