• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

  • २०८२ जेठ ६, मङ्गलबार १४:१४

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक मंगलबार अपराह्नका लागि आह्वान गरिएको छ। समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाएको जानकारी उनको सचिवालयले दिएको हो।

गत चैत ११ गते गठन भई दुई पटक पुनर्गठन भइसकेको उक्त समितिमा सदस्यको रूपमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यको रूपमा पोषराज पाण्डे रहेका छन्।

समितिले गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गर्नेछ, जसमध्ये एक जनालाई आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट नियुक्त गरिनेछ। बैठक आह्वान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटपछिको पहलस्वरूप गरिएको बताइएको छ।

  • २०८२ जेठ ६, मङ्गलबार १४:१४