• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी साइबर क्राइम मुद्दामा पक्राउ

  • २०८२ जेठ ६, मङ्गलबार १६:२०

काठमाडौं।  कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेको छ।

बलात्कार पीडित युवती र उनका परिवारको पहिचान सार्वजनिक गरेको आरोपमा अध्यक्ष चौधरीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो।जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पूर्जी जारी भएपछि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमलेशशरण चौधरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट गत स्थानीय तह निर्वाचनमा विजयी भई शुद्धोधन गाउँपालिका अध्यक्ष बनेका थिए।

  • २०८२ जेठ ६, मङ्गलबार १६:२०