• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सूर्य थापाको लिङ्देनलाई कटाक्ष : ‘उम्रिँदै नउम्रिँदै तीन पात देखिँदैछ’

  • २०८२ जेठ ६, मङ्गलबार १७:१२

काठमाडौं। नेकपा (एमाले)का नेता सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको प्रधानमन्त्रीसम्बन्धी अभिव्यक्तिको खण्डन गरेका छन्।

लिङ्देनले ‘बहालवाला प्रधानमन्त्री भाग्नुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि हेलिकप्टरको व्यवस्था गरौँ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

थापाले लिङ्देनलाई सम्बोधन गर्दै लेखेका छन्, “अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरू आन्दोलनकारी पृष्ठभूमिबाट आएका व्यक्तिहरू हुन्, जसले दशकौँसम्म बिना कसुर जेल जीवन बिताएका छन्, अङ्गभङ्ग भएका छन्। आन्दोलन सफल भएपछि उनीहरूले ‘नबिर्स, तर क्षमा गर’ भन्ने नीति अपनाएका हुन्, ‘भागे भाग नत्र मार्छु’ भन्ने हैन।”

उनले थप लेखेका छन्, “तपाईंको हेलिकप्टर प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले के रूपमा बुझौं? प्रतिस्पर्धा, सहअस्तित्व र सहकार्यको रूपमा कि ‘कि तँ छैनस्, कि मँ छैन’ भन्ने निषेधवादी दृष्टिकोणको रूपमा? एकचोटि शान्त दिमागले सोच्नुहोस्।”

थापाले लिङ्देनको हालैको अभिव्यक्तिमा ‘उम्रिँदै नउम्रिँदै तीन पात’ देखिएको टिप्पणी गर्दै संविधानको धारा २७० दोहोर्याइरहेका पराजितहरूले यस्तो उत्तेजक भाषा प्रयोग गर्नु अनुचित भएको तर्क गरेका छन्।

  • २०८२ जेठ ६, मङ्गलबार १७:१२