सुनको मूल्यमा फेरि वृद्धि, आजको नयाँ दर कति?

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार यसकै मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। बुधबार पनि सुनको मूल्यमा ५ हजार रुपैयाँको उल्लेख्य वृद्धि भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले वृद्धि भई २ हजार २५ रुपैयाँमा कारोबार भएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१