• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्यमा फेरि वृद्धि, आजको नयाँ दर कति?

  • २०८२ जेठ ८, बिहीबार १०:५८

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार यसकै मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। बुधबार पनि सुनको मूल्यमा ५ हजार रुपैयाँको उल्लेख्य वृद्धि भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले वृद्धि भई २ हजार २५ रुपैयाँमा कारोबार भएको छ।

  • २०८२ जेठ ८, बिहीबार १०:५८