• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

तस्करीका सामग्रीसहित ८ जना पक्राउ

  • २०८२ जेठ ८, बिहीबार ११:४१

काठमाडौं । तस्करीका सामग्रीसहित आठ जना पक्राउ परेका छन्। काठमाडौंको चमती क्षेत्रबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा झापाको गौरीगंज गाउँपालिका–१ का २७ वर्षीय रोशनकुमार महतो, भारतका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, ३१ वर्षीय मोहमद रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई तस्करीका सामग्रीसहित पक्राउ गरेको हो। कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, उनीहरूले भन्सार छली मोबाइल र त्यसका पार्टपुर्जा भारतबाट ल्याई काठमाडौंको चमती क्षेत्रमा भण्डारण गरी बिक्री वितरण गर्दै आएका थिए।

  • २०८२ जेठ ८, बिहीबार ११:४१