• २०८३ असार १४
  • 2026 June 28, Sunday

१९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

  • २०८२ जेठ ९, शुक्रबार ११:१३

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ।

नगरपालिकाको भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार, चालु आर्थिक वर्षमा खरको छानो भएका परिवारका लागि टिनको छानो उपलब्ध गराउन नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेटबाट १२ लाख ८५ हजार ६६२ रुपैयाँमा ८८ बन्डल जस्तापाता खरिद गरिई १९ परिवारलाई वितरण गरिएको हो।

बिहीबार मात्र प्रतिघर तीन बन्डलका दरले ५७ बन्डल जस्तापाता वितरण गरिएको दाहालले जानकारी दिए। नगरका उपप्रमुख केदारबाबु बस्नेतले आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई सुरक्षित राख्न यो अभियान सञ्चालन गरिएको बताए। उनले आगामी वर्ष पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

  • २०८२ जेठ ९, शुक्रबार ११:१३