• २०८३ साउन ७
  • 2026 July 23, Thursday

विद्युत् पोल मर्मतका क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

  • २०८२ जेठ ९, शुक्रबार १३:००

काठमाडौं। रुकुम पश्चिममा करेन्ट लागेर एक विद्युत् कर्मचारीको ज्यान गएको छ। मृत्यु हुनेमा सिस्ने गाउँपालिका–३, रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्का रहेका छन्।

उनी नेपाल विद्युत् प्राधिकरणको रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, खड्का बिहीबार राति करिब १० बजे मुसिकोट नगरपालिका–४, बोहोरागाउँमा विद्युत् पोलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनास्थलमै उनको मृत्यु भएको सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • २०८२ जेठ ९, शुक्रबार १३:००