
काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार यसको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ६६५ रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार ९९५ रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य तोलामा २ हजार ५ रुपैयाँ थियो। यसअनुसार, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य कमी आएको हो।