• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

बैंकिङ कसुरमा दोषी ठहरिएका फरार व्यक्ति काठमाडौँबाट पक्राउ

  • २०८२ जेठ १३, मङ्गलबार ११:३५

काठमाडौं। बैंकिङ कसुर मुद्दामा करिब १० लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

बर्दिया स्थायी ठेगाना भई काठमाडौँको नेपालटारमा बसोबास गर्दै आएका बसिम खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए।

काठमाडौँ जिल्ला अदालतले खाँलाई ९ लाख ८४ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो। फैसला पछि उनी फरार रहेका थिए। एसपी बोहराका अनुसार, पक्राउपछि उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।

  • २०८२ जेठ १३, मङ्गलबार ११:३५