
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० रुपैयाँमा कायम भएको छ। बुधबार यो मूल्य १ लाख ८९ हजार ३०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार, बुधबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँमा झरेको छ।