• २०८३ असार १५
  • 2026 June 29, Monday

वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँको बजेट व्यवस्था

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त मन्त्रालयका कार्यक्रम तथा योजनाहरू कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन्।