सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आजको कारोबारी दर कति?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१