
जापानमा रहेका तनहुँवासी नेपालीहरूको साझा संस्था, तनहुँ समाज जापानको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। आइतबार, जुन १, २०२५ मा टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा आयोजित अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित प्रक्रिया अन्तर्गत यो नेतृत्व परिवर्तन गरेको हो।
नव-निर्वाचित कार्यसमितिको विवरण यसप्रकार रहेको छ:
अध्यक्ष: डा. भोजराज पन्त
वरिष्ठ उपाध्यक्ष: दिपक घिमिरे
उपाध्यक्षहरू: माधव सिग्देल, पुष्प बानिँया, शंकर सिग्देल
महिला उपाध्यक्ष: धार्मिका घिमिरे
सचिव: डा. दिपेन्द्र ढकाल
कोषाध्यक्ष: सुरेन्द्र सुवेदी
सह-सचिव: बासुदेव पन्त
सह-कोषाध्यक्ष: शान्ती अधिकारी
सदस्यहरू: अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानिँया, प्रज्वल तिमल्सिना, शन्त गुरुङ, र माया भुजेल
पूर्व अध्यक्ष विजय थापाको सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसम्मति तथा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ पदाधिकारीहरू चयन गरेको हो।यसैगरी, समाजको संरक्षकमा राजेन्द्र जमर्कट्टेल र निवर्तमान अध्यक्ष विजय थापा रहनुभएको छ भने सल्लाहकारहरूमा तारा थापा, पुरुसोत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङलाई चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अधिवेशन सम्पन्न भएलगत्तै सोही दिन बसेको थियो। बैठकले निवर्तमान कार्यसमितिप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै, बैठकले आगामी जुलाई १३ तारिखमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती) भव्यताका साथ मनाउने महत्वपूर्ण निर्णय गरेको छ।
तनहुँ समाज जापानले स्थापनाकालदेखि नै जापानमा रहेका तनहुँ जिल्लावासीहरू बीच आपसी एकता, भाइचारा, सहयोग आदानप्रदान र नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ। नयाँ कार्यसमितिले यी कार्यहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।