• २०८३ असार १४
  • 2026 June 28, Sunday

ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनावग्रस्त

काठमाडौं।  ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ।

ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा  ( प्र . ३-०१/००३क६७४२) नं को जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो।

सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन्।सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए।

उनले भने, ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ।’ मृतक रमेश खड्गी ठैबका स्थानीय हुन्।