• २०८३ साउन ७
  • 2026 July 23, Thursday

टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई जना घाइते

काठमाडौंको टोखामा लागु औषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ।

मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको प्रवक्ता एवं एसपी जनकबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार दुई जना घाइतेसमेत छन्। ब्राउन सुगरका कारोबारीमाथि गोली चलाइएको उनले बताए। यद्यपि यसबारे पूर्ण विवरण आइनसकेको उनले बताए।