
काठमाडौं। । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका-४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।