• २०८३ साउन ७
  • 2026 July 23, Thursday

भोटेकोशीमा बाढी आउन सक्ने, चीनले पठायो सतर्कता सूचना

काठमाडाैं । सिन्धुपाल्चोक प्रशासनले असार ७ गतेसम्म भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

चीनको तिब्बत क्षेत्रममा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको वहाब बढ्न सक्ने सतर्कताको सूचना चिनिया पक्षले पठाएको थियो।

सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।

‘भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ।