
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालय पुगेका छन् ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।
उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।
पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरेका थिए ।
पाण्डे मेयर बालेन शाहनिकट हुन् । बालेनको आदेशमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रशासकीय अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेका थिए ।