
काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गरी नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर ०४ (आ.प्र.) सैनिक प्राविधिक सेवा, सैनिक इन्जि. समूह, सिभिल तथा आर्किटेक्चर उपसमूह, प्राविधिक उपसेनानी (सिभिल इन्जिनियरिङ) पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
यस्तै नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/१३ (खुला तथा समावेशी) सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, नर्सिङ उपसमूह, प्राविधिक उपसेनानी (सैनिक उपचारीका) पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
यसैगरी नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर ०१ (आ.प्र.) सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह, नर्सिङ उपसमूह, प्राविधिक उपसेनानी (सैनिक उपचारीका) पदको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।