
काठमाडौँ । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् ।
बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।
सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
१५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको थियो । त्यसयता उनी अस्पतालमा उपचारमा थिइन् ।
बीबीएस तेस्रो वर्षको परीक्षा आजबाट सुरु भएको छ ।