पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत-जुम्ला सडकको कालिकोटको गगने खोलामा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध भएको छ ।

अत्यधिक वर्षा भएकोले गगने खोलामा आइतबारदेखि पहिरो खसेका थिए । वर्षाले गगने खोलामा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

पहिरो बगिरहेकोले काम गर्न पनि कठिन भएको छ । सडक डिभिजन जुम्लाले मेसिन पठाएको र सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सुचारु गर्न सकिने अवस्था रहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१