आगलागी पीडित ४० परिवारलाई नेपाल–भारत मैत्रीसंघबाट खाद्यान्न सहयोग

कैलाली । गत जेठ २३ गते शुक्रबार आगलागी भएको बाजुराको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारका ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

नेपाल–भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको खाद्यान्न सामाग्री सुदूरपश्चिम प्रदेश संघको समन्वयमा वितरण गरिएको हो।

नेपाल–भारत मैत्रीसंघ केन्द्रीय कार्यालयका उपाध्यक्ष हरि शंकर ठाकुरले वडा नम्बर ७ का अध्यक्ष भवनसिंह केसीको रोहबरमा आगलागी पीडित ४० परिवारलाई खाद्यान्न वितरण गरिएको बताए।

वितरण गरिएको खाद्यान्न सामाग्रीमा चामल १ बोरा, दाल २ केजी, चिनी १ केजी, साबुन १ दर्जन, सरफ १, कम्बल १ र तिर्पाल १ थान प्रति परिवार वितरण गरिएको उपाध्यक्ष ठाकुरले बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१