
काठमाडौं । गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
साइबर अपराध नियन्त्रणको जिम्मेवारीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवन निवासी गुञ्जन राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, राईले सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक भाषा प्रयोग गरी चौहानलाई गालीगलौज गर्दै आएको सूचना प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
साइबर ब्यूरोले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पक्राउ परेका राईविरुद्ध आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले सामाजिक सञ्जालमा कसैलाई अपमानजनक वा अश्लील व्यवहार गर्ने कार्य साइबर अपराधअन्तर्गत पर्ने भन्दै कानुनी कारवाहीको दायरामा ल्याइने चेतावनी पनि दिएको छ।