इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

काठमाडौँ । शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ ।

‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।

इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१