सुनचाँदी व्यवसायीको संयुक्त विरोध कार्यक्रम सार्वजनिक, असार २७ सम्म पसल बन्द

काठमाडौँ । सुनचाँदी र हिराका गहनामा अव्यवहारिक कर लगाइएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरुले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्नेगरी तालिका सार्वजनिक गरेको हो । विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ ।

व्यवसायीहरूले विलासिता सर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् भने साउन १ देखि त अनिश्चितकालीन पसल बन्दको घोषणा यसअघि नै गरिसकेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१